नियम २०
सिफारिस रद्द गर्न सक्ने
: (१) नियम १९ मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले नियुक्तिको लागि गरेको सिफारिस बमोजिम नियुक्तिपत्र दिनु अगावै कुनै उम्मेदवारले प्रस्तुत गरेको गलत विवरणको कारणबाट त्यस्तो उम्मेदवारको सिफारिस रद्द गर्नु परेमा आयोगले कारण जनाई पहिले भएको सिफारिस रद्द गरी अर्को योग्यताक्रम प्रकाशन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अर्को योग्यताक्रम प्रकाशन भएको अवस्थामा सो योग्यताक्रम बमोजिमका उम्मेदवारलाई नियमानुसार नियुक्ति दिइनेछ ।